लोड हुँदैछ...

मेनु

‘लिटल मिस्टर एण्ड मिस टिन युनिभर्स पथरी सिजन १’ को फाइनल भाेली शनिबार हुने

‘लिटल मिस्टर एण्ड मिस टिन युनिभर्स पथरी सिजन १’ को फाइनल भाेली शनिबार हुने

पथरी अपडेट
पथरी। क्लियोपेट्रा ईभेन्ट्सद्वारा पथरी शनिश्चरेमा सञ्चालित प्रतिभा प्रतियोगिता ‘लिटल मिस्टर एण्ड मिस टिन युनिभर्स पथरी सिजन १’ को फाइनल कार्यक्रम यही असार २१ गते शनिबार हुने भएको छ ।

आयोजकका अनुसार फाइनल कार्यक्रम पथरी शनिश्चरे – १ स्थित हरियाली सामुदायिक वनको सभाहलमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल चरणमा २४ जना प्रतिस्पर्धीले विभिन्न विधामा प्रस्तुति दिनेछन् ।

यसअघि सम्पन्न ट्यालेन्ट राउण्डमा गायन, नृत्य र चित्रकला विधामा विजेता घोषणा भइसकेका छन् । गायन विधामा एडविन श्रेष्ठ विजेता बनेका थिए भने प्रिन्स तामाङ फस्ट रनरअप र कुन्जेसता तामाङ सेकेन्ड रनरअप भएका थिए  ।

नृत्यतर्फ करुणा तामाङले पहिलो स्थान हात पार्दै विजेता बनेकी थिईन् । सुकन्या लिम्बु फस्ट रनरअप र निमुवा लिम्बु सेकेन्ड रनरअप भएका छन् ।

चित्रकलामा अग्रिम राई विजेता घोषित भएका छन् भने संगीत राई फस्ट रनरअप र साक्षत सुवेदी सेकेन्ड रनरअप बनेका छन् ।

ईभेन्ट म्यानेजर तथा कार्यक्रम निर्देशक पासाङ तामाङका अनुसार फाइनलका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
फाइनलमा प्रतिस्पर्धीहरू स्टेजमा प्रस्तुत हुने छन् । उत्कृष्ट पहिरन, आत्मविश्वास, प्रस्तुति र व्यक्तित्वको आधारमा निर्णायकहरूले यस वर्षको ‘लिटल मिस्टर’ र ‘मिस टिन युनिभर्स’ को घोषणा गर्नेछन् ।

को-को बन्ने छन् यो वर्षका उपाधिधारी ? त्यसको उत्तर भने शनिबार हुने फाइनल प्रतिस्पर्धाले दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्