लोड हुँदैछ...

मेनु

‘जनै हराएको मान्छे’काे पोस्टर सार्वजनिक, भाद्र ६ गतेदेखि देश भर प्रदर्शन

‘जनै हराएको मान्छे’काे पोस्टर सार्वजनिक, भाद्र ६ गतेदेखि देश भर प्रदर्शन

पथरी अपडेट
पथरी। नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर आइतवार विराटनगरस्थित सेन्ट्रल मल्टिप्लेक्समा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको छ । फरक शैलीमा प्रचारप्रसार गर्ने उद्देश्यसहित देशभरका १२ स्थानमा एकसाथ पोस्टर सार्वजनिक गरी चलचित्रको औपचारिक प्रचार सुरु गरिएको हो ।

हिमाल न्यौपानेको निर्देशनमा बनेको यस चलचित्रमा विजय बराल, केकी अधिकारी र मिरुना मगर मुख्य भूमिकामा देखिने छन् । उनीहरूका साथै गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, कविता आले, तारा शर्मा, सृष्टि खड्का, निरु खड्का गौतम र सुवास सिंह ठकुरीको पनि अभिनय रहनेछ ।

चलचित्रको निर्माण कमल न्यौपाने र बिमल न्यौपानेले गरेका हुन् । निर्माण पक्षका अनुसार चर्चित कलाकारहरूको आकर्षक अभिनय र सफल निर्देशकको प्रस्तुति रहेको यो चलचित्र आउँदो भाद्र ६ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आउनेछ ।

पोस्टर सार्वजनिक कार्यक्रम विराटनगरसँगै कोशी प्रदेशका प्रमुख शहरहरू सहित देशका अन्य विभिन्न स्थानहरूमा एकसाथ सम्पन्न गरिएको थियो ।

विराटनगरको कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार भरत गुरागाईको उपस्थिति रहेको थियो भने चलचित्रकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले समेत सहभागिता जनाएका थिए ।

कार्यक्रमको व्यवस्थापन चलचित्र पत्रकार संघ कोशी प्रदेशकी कोषाध्यक्ष रश्मि थापाले गरेकी थिइन् भने समन्वय चलचित्र पत्रकार संघ मोरङले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्