लोड हुँदैछ...

मेनु

उप-प्रमुख देवीमाया काफ्लेको नेतृत्वमा विभिन्न याेजनाकाे अनुगमन

उप-प्रमुख देवीमाया काफ्लेको नेतृत्वमा विभिन्न याेजनाकाे अनुगमन

पथरी अपडेट
पथरी। पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख तथा अनुगमन समितिको संयोजक देवीमाया काफ्लेको नेतृत्वमा नगरका विभिन्न सम्पन्न भएका योजनाहरूको आज अनुगमन गरिएको छ ।

प्राविधिक टोलीसहित उप–प्रमुख काफ्लेले नगरका विभिन्न वडामा पुगेर सडक, सामुदायिक विद्यालय, पुल, सामुदायिक भवन तथा गुम्बा लगायत पूर्वाधारहरूको स्थलगत निरीक्षण गर्नुभएको हो । उहाँले ठेक्का सम्झौताअनुसार कार्य सम्पन्न भएको वा नभएको विषयमा जानकारी लिने प्रयास गर्नुभएको बताइएको छ ।

अनुगमन टोलीमा वडा नं. ९ का वडाध्यक्ष तथा अनुगमन समितिका सदस्य वीरबहादुर राई, कार्यपालिका सदस्य अञ्जना शिवा, योजना शाखा प्रमुख तथा सूचना अधिकारी शिव कुमार राई, राजश्व शाखा प्रमुख तारा ढकाल, इन्जिनियर सन्तोष केसी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्