पथरी अपडेट
पथरी। पथरी शनिश्चरे नगरपालिकाका उप-प्रमुख एवं अनुगमन समितिकी संयोजक देवीमाया काफ्लेको नेतृत्वमा नगरमा सम्पन्न भएका विभिन्न विकास योजनाहरूको आज अनुगमन गरिएको छ ।
अनुगमन टोलीले प्राविधिक टोली सहित वडा नम्बर ९ लगायतका विभिन्न वडाहरूमा पुगेर सडक, पुल, सामुदायिक भवनजस्ता पूर्वाधारहरूको निरीक्षण गरेको हो । उप-प्रमुख काफ्लेले ठेक्का सम्झौताअनुसार काम भएको छ कि छैन भन्नेबारे जानकारी लिँदै विकास निर्माणमा गुणस्तरीयता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त अनुगमन कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष तथा अनुगमन समितिका सदस्य वीरबहादुर राई, कार्यपालिका सदस्य तथा अनुगमन समितिकी सदस्य अञ्जना शिवा, आर्थिक प्रशासन शाखा प्रमुख तारा ढकाल, इन्जिनियर हसरत नेपाल लगायतको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्