पथरी अपडेट
पथरी। लायन्स क्लब अफ पथरीले पथरी शनिश्चरे वडा नं. ४ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई विभिन्न खेलकुद सामग्रीहरू प्रदान गरेको छ। विद्यार्थीहरूलाई खेलकुदमा प्रोत्साहन गर्ने र उनीहरूको शारीरिक विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ क्लबले फुटबल, भलिबल, क्रिकेट र ब्याडमिन्टनका सामग्रीहरू हस्तान्तरण गरेको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ पथरीका अध्यक्ष हेम सागर चापागाईंको नेतृत्वमा लायन्सकर्मीहरू मुरारी आचार्य, रोशन बुढाथोकी, गोमा पौडेल, अनिता राई ,विन्दु चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी, कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष लोकनाथ न्यौपाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिक बहादुर बस्नेत लगायतको पनि गरिमामय उपस्थिति रहेको थियो । सामग्री हस्तान्तरण पश्चात विद्यालयका प्रधानाध्यापक राम प्रसाद न्यौपानेले लायन्स क्लबप्रति आभार प्रकट गर्नु भयो ।
क्लबले प्रदान गरेका यी खेलकुद सामग्रीले विद्यालयका विद्यार्थीहरूलाई शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने र खेलकुद गतिविधिमा थप सक्रिय हुन प्रेरणा मिल्ने विश्वास लिइएको छ । लायन्स क्लब अफ पथरीले यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्