पथरी अपडेट
पथरी। लगातारको खडेरी र सिँचाइको अभावका कारण मोरङको हसन्द क्षेत्रका किसानको खेतमा धाँजा फाटेको छ । धान रोपिसकेपछि पानी नपर्दा खेत सुक्दै गएका छन्, जसले गर्दा बिउ उम्रन नपाउँदै सुक्न थालेको छ।
स्थानिय किसान द्रोणजंग बस्नेतका अनुसार खेतको माटो चिराचिरा भएको छ र रोपिएको धानको बिउ मर्न थालेको छ। किसान बस्नेत भन्छन्, “न पानी परेको छ, न सिँचाइको व्यवस्था, स्थानिय सरकारको ध्यान यता कहिले आउला ?”
यस वर्ष समयमा रोपाइँ गरिएको भए तापनि वर्षात नहुँदा उत्पादनमा ठूलो असर पर्ने निश्चित देखिन्छ। सिँचाइका लागि सरकारी अनुदान, नहर मर्मत र समयमै मल बीउ उपलब्ध गराउने व्यवस्था अझै टाढाको कुरा भएको किसानहरूको गुनासो छ ।

“सरकार कुन दिन हेर्छ हाम्रो पिर?”
हसन्दका एक किसान भन्छन्, “हामी हरेक वर्ष वर्षामा भर पर्छौं, तर अहिले मौसम धोका दिन थालेको छ । राज्यले विकल्प दिनुपर्छ, होइन भने कृषिमा बाँच्न सकिन्न ।”हसन्दह मोरङ जस्ता कृषिप्रधान क्षेत्रको संकट तत्काल सम्बोधन गरिएन भने खाद्य संकट गहिरिन सक्छ ।


प्रतिक्रिया दिनुहोस्