लोड हुँदैछ...

मेनु

नगरमा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण

नगरमा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण

पथरी अपडेट
पथरी। पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ ।
आज पथरी शनिश्चरे नगरपालिकामा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत २० प्रतिशत साझेदारीमा प्रविधि हस्तान्तरण गरिएको हो ।

नगरको लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तालिम लिनुभएको वडा नं. ४ का  बिनु दर्जी र भक्तरानी याक्खाले व्युटीपार्लर खोल्ने निश्चित भएपश्चात् २० प्रतिशत साझेदारीमा सामग्री प्रदान गरिएको हो ।

यस्तै वडा नं. ३ का कर्णबहादुर तामाङले सैलुन तालिम लिई सैलुन खोल्ने निश्चित भएपश्चात तामाङलाई पनि शैलुनका सामग्री प्रदान गरिएको थियो ।

नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो प्रविधि हस्तान्तरण कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक उद्धवराज बस्नेत, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपानेको उपस्थिति रहेको थियो ।

यो कार्यक्रमको मुख्य उद्देश्य भनेको प्रविधि लियर नयाँ उद्यम सुरु गर्ने रहेको लघु उद्यम सहजकर्ता भगवती कटुवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्