लोड हुँदैछ...

मेनु

गायिका एलिना चौहानलाई गालीगलौज गर्ने युवक पक्राउ

गायिका एलिना चौहानलाई गालीगलौज गर्ने युवक पक्राउ

पथरी अपडेट
पथरी। लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले चितवनका गुञ्जन राईलाई ललितपुरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार राईले सामाजिक सञ्जाल प्रयोग गर्दै गायिका चौहानप्रति आपत्तिजनक शब्द र अभद्र व्यवहार गरेका थिए । उक्त घटनाबारे उजुरीपछि अनुसन्धान थालिएको थियो ।

तस्बिर:गुगल

साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार राईलाई पक्राउ गरी म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लग्ने तयारी भइरहेको छ । प्रहरीले सामाजिक सञ्जालमा कसैलाई गालीगलौज, धम्की वा मानमर्दन गर्नेलाई कानुनी दायरामा ल्याउने कार्यलाई तीव्र पारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्